Rule 26
अन्तरवार्ता समितिको गठन
(१) आयोगका अध्यक्ष वा निजले तोकेको सदस्यको अध्यक्षतामा एक जना विज्ञ वा दक्ष समेत रहने गरी बढीमा पाँच जना सदस्य रहेको अन्तरवार्ता समिति गठन हुनेछ ।
(२) आयोगको अध्यक्षले सामान्यतया अन्तर्वार्ता हुने मिति भन्दा एक दिन अगाडि अन्तर्वार्ता समितिको गठन गर्नेछ ।
(३) उपनियम (१) बमोजिम गठित अन्तर्वार्ता समितिका अध्यक्ष र सदस्यलाई गोप्य तरिकाले सूचना गर्नु पर्नेछ ।
(४) अन्तरवार्ता समिति गठन सम्बन्धी अन्य व्यवस्था आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।